काठमाडौँ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा प्रतिनिधिसभा विघटनबारे पूर्व सभामुखसँगको अन्तरक्रिया गरेका छन्।
मंगलबार संसद भवन बानेश्वरमा सापकोटाले पूर्वसभामुखहरुलाई आमन्त्रण गरेर विघटनपछिको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्नेबारे परामर्श गरेका हुन्।
छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी भएका छन्। दुई जना पूर्वसभामुखहरु दमननाथ ढुंगाना र सुवास नेम्वाङले भने सभामुखको निम्तोलाई अस्वीकार गरेका छन्।
पस्थित चारैजना पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान भएको धारणा राखेका छन्। उनीहरुले विघटनप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जननिर्वाचत संस्था देख्नै नसक्ने’ रोग लागेको आरोप लगाएका छन्। उनले भने, ‘यो कदम भर्त्सनायोग्य छ। अलोकतान्त्रिक छ।’
त्यस्तै महराले प्रधानमन्त्रीको अनुदारवादी चरित्रका कारण लोकतन्त्रमै समस्या उत्पन्न भएको धारणा राखे। उनले असंवैधानिक रुपमा गरिएको विघटनलाई बदर गर्न कानुनी र राजनीतिक लडाई नै अहिलेको आवश्यकता भएको उल्लेख गरे।
अर्की सभामुख घर्तीले पनि प्रतिनिधिसभा विघटत असंवैधानिक भएकाले जन निर्वाचित संस्थाको इज्जत राख्नुपर्ने बताइन्। उनीहरुबीच विघटन पछिको अवस्थामा कसरी अघि बढ्न सकिन्ने भन्नेबारे कुराकानी भएको छ।
सभामुख सापकोटाले यसअघि औपचारिक रुपमै संसद विघटनको विरोध जनाउँदै सांसदहरुको बहुमत र अल्पमतको परिक्षण गर्ने थलो राष्ट्रपति कार्यालय नभएको बताएका थिए। उनले संसदको अधिकारसमेत राष्ट्रपतिबाट हरण भएको बताउँदै आएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend