Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा


    मंगलबार, जेष्ठ ११ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

    संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो ।

    मालीमा नौ महिनाअघि मात्र सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो ।

    सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको यो । पुनर्गठनको क्रममा गत वर्ष भएको ‘सैन्य कू’मा संलग्न दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएको थियो ।

    उनीहरुले पुनः सैन्य कू गर्न सक्ने आशंका बढेसँगै सरकारले उनीहरुलाई पदबाट हटाएको थियो । यो अन्तरिम सरकारमा सेनाको ठूलो प्रभाव रहेको भन्दै मानिसहरुले विरोध गर्दै आएका थिए ।

    यसअघि मालीमा भएको सैन्य कूको फाइदा उठाउँदै इस्लामिक चरमपन्थी संगठनले मालीको एक क्षेत्रमा आफ्नो कब्जा जमाएका थिए । त्यसपछि फ्रान्सेली सेनाले उक्त जमिन फिर्ता ल्याउन मालीको सहयोग गरेको थियो । तर, त्यसपछि भने अहिले आक्रमण भने भइरहेको छ ।

    संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले अहिले नियन्त्रणमा लिइएका नेताहरुलाई विनाशर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

    एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार