Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भारतमा ४२ दिन पछिको सबैभन्दा कम संक्रमित फेला


    मंगलबार, जेष्ठ ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गत अप्रिल १४ यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या २ लाखभन्दा कममा झरेको हो ।

    पछिल्लो समय भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको कमी देखिएको छ । यद्यपि अन्य मुलुकको तुलनामा भने भारतमा कोरोना संक्रमण उच्च छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ हजार ५११ जनाको मृत्यु भएको छ ।

    यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६९ लाख नाघेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ७ हजार २३१ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २५ लाख ८६ हजारमा झरेको छ ।

    पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित पाइएका छन् भने कर्नाटकमा नयाँ संक्रमितको संख्या २५ हजारभन्दा धेरै छ । त्यस्तै उक्त अवधिमा महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या २२ हजारभन्दा धेरै छ ।

    भारतमा अहिलेसम्म १९ करोड ८५ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार