Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ, आजदेखि तीन शाखा मात्र खुल्ने


    मंगलबार, जेष्ठ ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि काठमाडौं उपत्यकामा बैंक सञ्चालनमा थप कडाई गरेको छ।

    कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै राष्ट्र बैंकले उपत्यकाका जिल्लामा बैंकका थोरै शाखामात्र सञ्चालन गर्न निर्देशन दिएको हो।

    सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने व्यवस्था गरेको छ। त्यसैगरी निषेधाज्ञा अवधिभर ललितपुरमा दुई र भक्तपुरमा एउटा मात्र शाखा खोल्न राष्ट्र बैंकको निर्देशन छ।

    राष्ट्र बैंकका अनुसार आज मंगलबार देखि ‘ख’ वर्गका विकास बैंकहरूले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा एकएक शाखा मात्र खोल्न पाउनेछन्। ‘ग’ वर्गका वित्त कम्पनीले भने उपत्यकाका तीनवटै जिल्लामा एक/एक वटा शाखा मात्र खोल्न पाउने राष्ट्र बैंकले जनाएको छ।

    सोमबार सम्म उपत्यकामा बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए। धेरै शाखा सञ्चालन गर्दा मानिसको भीड र चहलपहल नियन्त्रण नभएपछि यस्तो व्यवस्था गरिएको हो।

    बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र खुला रहने समयको जानकारी समेटिएको सूचना भने दैनिक रूपमा वेबसाइटमार्फत प्रकाशन गर्नुपर्नेसमेत राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार