Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चिकित्सकको मेहनत : रातभर खटिएर भेन्टिलेटरको जोहो


    मंगलबार, जेष्ठ ११ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ । त्यसैले अस्पतालमा कोरोना सङ्क्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी आएपछि अस्पतालका चिकित्सकले बिरामीलाई आठ घण्टा लगाएर पोखरा पु¥याएका छन् ।

    भेन्टिलेटर आवश्यक बिरामीलाई भेन्टिलेटर तत्कालैै आवश्यक भए पनि चिकित्सकले बिरामीको अवस्था स्थिर राखी पोखरा पठाएका हुन् । कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–६ का ५० वर्षीय पुरुषलाई अस्पतालका चिकित्सकले आफैँ खटिएर अम्बो प्याकिङ(मुखबाट कृत्रिम श्वास दिएर)गरी पोखराको भेन्टिलेटरमा पु¥याइएको छ । अस्पतालमा कार्यरत फिजिसियन डा अभिषेक वाग्ले, डा सुनिल सिलवाल र डा प्राग गजुरेललगायतको समूहले बिरामीलाई अम्बो प्याकिङ गरी पोखरा पु¥याएर भर्ना गरेको हो । यसका लागि चिकित्सक रातभर खटिएका थिए ।

    धौलागिरि अस्पताल बागलुङमा कार्यरत डा सिलवालका अनुसार आइतबार साँझ अस्पताल आएका सङ्क्रमितलाई तत्कालै भेन्टिलेटर आवश्यक पर्ने भएपनि अस्पतालमा भेन्टिलेटर खाली नरहेका कारण डाक्टरहरु आफैँ बिरामीसँग बसेर सोमबार बिहान मात्रै पोखरा पु¥याइएको हो ।

    “यो चिकित्सकहरुको मेहनतका कारण मात्रै सम्भव भएको हो, भेन्टिलेटरको आवश्यकता भएका बिरामीलाई तत्काल भेन्टिलेटरमा राख्न नसकेको अवस्थामा अम्बो प्याकिङ गरी पोखरा लगिएको हो”, डा सिलवालले भन्नुभयो, “यो निकै बिरलै मात्रमा गरिन्छ र बाँच्ने सम्भावना न्यून भए पनि हामीहरुले बिरामीलाई पोखरा लगेर भेन्टिलेटरमा राख्न सफल भएका छौँ, बिरामीलाई डा अभिषेक वाग्लेले एम्बुलेन्समा राखेर आफैँ भेन्टिलेटर भएको अस्पताल पु¥याउनुभयो ।”

    भेन्टिलेटरमा तत्कालै राख्नुपर्ने बिरामीलाई आठ घण्टासम्म स्वास्थ्य स्थिर राखी भेन्टिलेटरमा सकुशल पु¥याउने कार्य प्राय असम्भव हुने स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका चिकित्सकको मेहनतका कारण एक सङ्क्रमितको अहिले फिस्टेल अस्पताल पोखराको भेन्टिलेटरमा उपचार भइरहेको छ । तत्कालैै बिरामीलाई भेन्टिलेटरमा राख्दासमेत बचाउन नसकेको अवस्थामा आठ घण्टापछि मात्रै पोखरा लगेर भेन्टिलेटरमा पु¥याएर उपचार गराउनुमा चिकित्सकको ठूलो मेहनत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार