Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोली लागेर घाइते भएका माओवादीका नेता पाण्डेको निधन


    मंगलबार, जेष्ठ ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु। जिल्लामा गत बुधबार गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौंमा सोमबार राति मृत्यु भएको हो ।

    कपिलबस्तुमा गोली लागेर घाइते भएका पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरमा सोमबार काठमाडौँ ल्याइएको थियो । उनको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

    उनीमाथि गोली प्रहारमा संलग्न रहेको आरोपमा समाजवादी विद्यार्थी फोरमका लुम्बिनी प्रदेश अध्यक्ष ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार