Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेटिङ भएको भन्दा थप घुस मागेपछि सशस्त्र प्रहरी र तस्करबीच झडप 


    सोमबार, जेष्ठ १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा आइतबार राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट घेराबेरा र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट बिओपी मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०–६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए ।

    करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक चुस्ता समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् ।

    यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर तस्करी गर्न लाइन दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए । सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनाधारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकोमा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् ।

    त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् । आइतबार रातिको घटनाको पछाडि महोत्तरीको सशस्त्र प्रहरी बल गणका एसपी सुरेश सापकोटाले छाडेका घुमुवाको भूमिका छ । सापकोटाले तस्कर र व्यापारीसंग रकम उठाउन दुई जना स हवल्दार सुरेश यादव र सिपाही सुमित सिहलाई कागजी रूपमा आउट छोडेको देखाएर रकम उठाइरहेका छन् । बाहिनीमा कसैले गुनासो गरे बिदा छोडेको थिएँ भन्ने अन्यथा उनीहरूले रकम उठाइरहेकै हुन्छन् । दुई नम्बर प्रदेशमा इमानदार भनिएका एसपी सापकोटाले अहिले सरूवाको पूर्वसन्ध्यामा यिनीहरूलाई प्रयोग गरेर रकम उठाइरहेका छन् । यादव आठ बर्ष मटियानी भन्सारको घुमुवा थिए भने सशस्त्रका पूर्व डीआइजी नरेन्द्र सिहको भतिजोको नाममा सधैं त्यहीँ छन् । सो नाकाबाट कारोवार गर्न लाइन यिनै घुमुवाले मिलाएका थिए ।

    महोत्तरीस्थित सशस्त्र प्रहरी गणका एसपीले घुमुवा नराखेपनि पहिलेका घुमुवाहरूले सुचना दिएर तस्करी गराउन सहयोग गरेवापत रकम असुली गरिरहेका छन् । जागिर खाएदेखि महोत्तरी नछोडेका सिपाही सुमित सिहं र भिट्टामोड स्थित तत्कालीन भन्सार गुल्ममा आठ बर्ष घुमुवा बसेर ज्यादै बदनाम भएका सहायक हवल्दार सुरेश यादवले अहिले तस्करहरूलाई सुचना दिएर रकम लिने गरेका छन् । रकम आफ्नो नाममा नलिएर आफन्त वा परिवारका सदस्यको नाममा मनिट्रान्सफर मार्फत् लिने गरेको खुलेको छ । सुमित सिंहले सशस्त्रका पूर्व डिआईजी नरेन्द्र सिहंका भतिजा भन्दै जागिर खाएदेखि महोत्तरी छोड्नुपरेको छैन । सुरेश यादव आठ बर्ष भिट्टामोड भन्सारको घुमुवा भएर बदनाम भएपछि बुटवल लखेटिएका भए पनि फेरि फर्केर आएपछि महोत्तरी गणको स्क्वाड टिममा बसेर तस्करहरूलाई सूचना चुहावट गरेर रकम असुली गरिरहेका छन् । गणबाट कुन टोली कति बेला निस्कन्छ, कता जान्छ सूचना दिने र जिल्लामा उनीहरू पुराना घुमुवा भएको कारण कुन तस्करले कहाँबाट केकाम गरिरहको छ भन्ने सम्पूर्ण जानकारी हुने भएपछि उनीहरूले असुली धन्दा चलाइरहेका छन् ।

    अहिले भिट्टामोडबाट शम्भु साह कपडा, बिनोद बिपिन कपडा, रघुनाथपुरबाट बेचु पटेल, श्याम र शंकर महतोले कपडा, हार्डवेयर, सम्सीबाट नियाजले गाईगोरूको निर्वाध तस्करी गरिरहेका छन् । कोरोना महामारीको समयमा पनि खोलाको बगरमा अहिले पनि गाईगोरूको मेला लाग्दै आइरहेको छ । नियाजले यसै नाकाबाट गाईगोरूको तस्करी गरिरहेका छन् । यी सबै तस्करहरूसंग सिपाही सुमित सिहं र सहायक हवल्दार सुरेश यादवको सेटिङ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार