Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल- खनालसहित ११ एमाले नेता पार्टीबाट निष्काशित


    सोमबार, जेष्ठ १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

    आज बालुवाटारमा बसेको बैठकले पार्टी अनुशासनविपरित काम गरेको भन्दै कारबाहीको निर्णय गरेको हो ।

    स्रोतका अनुसार उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । 

    नीहरुमाथि ९ जेठमा स्पष्टिकरण सोधिएपनि कुनै जवाफ प्राप्त भएको थिएन । प्रधानमन्त्री ओलीले हिजै कारबाही हुने जानकारी दिएका थिए ।

    बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई  पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार