Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइजीपीलाई गुमराहमा पार्दै बहुबर्षेको सिफारिसमा कमिसन, कपडाको ठेक्कामा ठेकेदारसँग सेटिङ


    सोमबार, जेष्ठ १० २०७८
    885
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रवन्धका डिआइजी पुरूषोत्तम कँडेल र  एसपी प्रेम बस्नेतले झुक्याउने गरेका छन् भन्ने कुरा भर्खरै भएका दुई घटनाले पुष्टि गरेका छन् ।

    प्रहरीको ठेक्का प्रक्रियालाई बहुबर्षे बनाउनका लागि एक प्रतिशत कमिशन प्रबन्धका अधिकारीहरूले मागेको कुरा बाहिर आएको छ । ठेकेदारबाटै यो सूचना बाहिरिएको हो । शुरूमा सिलाउने कपडाको हकमा भनियो भनेपछि डिएमएस बुट र पछि अन्य सिलाउनु नपर्ने कपडाको हकमा पनि बहुबर्षे बनाउने भनी सबै ठेकेदारलाई एक प्रतिशत कमिशन यी प्रबन्धका हाकिमले मागेको खुलेको हो ।

    कोरोना कहरका कारण भारत र चीन जान सक्ने अवस्था छैन । धेरै कलकारखाना बन्द छन् भने चलेका पनि आंशिक मात्रै चलेका छन् । नाका बन्द छ । यो अबस्थामा ठेकेदारले सामान ल्याउन असजिलो परेको अवस्थामा त्यसको फाइदा उठाउँदै केही ठेकेदारको मिलिमतोमा एक प्रतिशत कमिशनको सहमतिमा बहुबर्षे बनाउने गरी सिफारिस गर्ने काम प्रबन्धबाट भएको छ ।

    प्रहरीमा झण्डै ७० करोडको ठेक्का प्रक्रिया चलिरहेको छ । यस हिसाबले पनि ७ करोडको चलखेल हुने देखिएको छ । अहिले बहुबर्षे बनाउनका लागि अर्थ मन्त्रालयको सहमति अनिवार्य चाहिन्छ । चलखेल यसैमा छ । यो कुरा प्रहरी महानिरीक्षकलाई थाहा नभएको हुनसक्ने बताउँदै समाचार स्रोत भन्छ, डिआइजी कँडेंलको धेरै बिश्वास उनले गरिरहेका छन्, उनैले डुवाउँछन् जस्तो छ ।

    त्यसैगरी ठेकेदार राजमान मिश्रले पाएको दुई हजार मिटर ट्युनिक कपडा (भीभीआईपीको सवारीमा मोटरसाइकल चालकले लगाउने सेतो पोशाक) को गुणस्तर फेल भएको छ । उनले बुझाएको कपडा नेपाल गुणस्तर तथा नापतौल बिभागमा टेष्ट गर्न पठाएकोमा फेल भएको छ । गुणस्तर फेल भएपछि ठेक्का पाउने कम्पनीको बैंक ग्यारेन्टी खाई कारवाहीका लागि खरिद अनुगमन कार्यालयमा पठाउनुपर्नेमा त्यसो नगरी उल्टो ठेकेदारलाई नै सामान फिर्ता गरी जोगाउने काम भएको छ । यो काममा भण्डारका डिएसपी गोविन्द पुरीको समेत संलग्नता रहेको कुरा बाहिर आएको छ ।

    ठेकेदार मिश्रसँग डिआइजी कँडेल, एसपी बस्नेत र भण्डारका डिएसपी पुरीको धेरै नजिकको सम्बन्ध रहेको छ । फेल भएको कपडामा केही राम्रो गुणस्तरको राखेर पुनः टेण्डर हुँदा गुणस्तरमा समेत सेटिङ गरी बुझाउने चाँजोपाँजो ठेकेदार मिश्रले मिलाएका छन् । भण्डारका डीएसपी पुरीले राम्रोमध्येको बाट गुणस्तर परीक्षणमा पठाउने र पास गर्ने खेल भइरहेको छ ।

    आइजीपी शैलेश थापा क्षेत्री प्रहरीको खरिदमा पारदर्शीता कायम गर्न चाहन्छन । तरउले प्रबन्ध निर्देशनालयमा विगतमा ठाकुर ज्ञवालीले राखेको सेटलाई नै राखेका छन् । ज्ञवालीको पालामा आर्थिक प्रशासनका प्रमुख रहेका कँडेललाई आइजीपी थापाले प्रबन्धको प्रमुख बनाएका छन् । कँडेलले आर्थिक प्रशासन नै हटाएर बजेट शाखा सहित सबै प्रबन्धमै गाभेका छन् । ठाकुर ज्ञवालीकै विश्वासपात्र प्रबन्धका एसपी प्रेम बस्नेतलाई पनि उनले चलाएका छैनन् ।

    कँडेल र बस्नेतको सिन्डिकेटले बजेटका एक परिचर मार्फत् देशभरका लेखापालहरुसँग दररेट अनुसार घुस असुली गर्ने गरेको छ । पदले परिचर भए पनि बजेटको कम्प्युटरमा पोख्त झपिन्द् घिमिरे जागिर खाएदेखि त्यहीँ कार्यरत छन् । उनी अर्थमन्त्रालयका बजेट महाशाखाका उपसचिव र सहसचिवहरुसम्म प्रहरीको लागि आवश्यक बजेटबारे ब्रिफिङ गर्न सक्दछन् । घुस उठाउन र कम्प्युटरमा पोख्त भएकाले हरेक प्रबन्ध र बजेटका हाकिमले उनलाई सरुवा नगरी राखेका छन् । राजेन्द्रसिंह भण्डारी प्रशासन यिभाग प्रमुख हुँदा परिचर घिमिरेको असुलीधन्दाबारे थाहा पाएर सरुवा गरिदिएका थिए । तर भण्डारी प्रशासनबाट बिदा भएपछि उनलाई पुनः बजेटमै ल्याइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार