Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरको अनियमितताबिरुद्ध प्रधानमन्त्रीलाई उजुरी, भीसी साह कमाउधन्दामा लिप्त


    सोमबार, जेष्ठ १० २०७८
    600
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कर्मचारीहरूले प्रतिष्ठानमा उपकरण खरिददेखि कमिसनमा कुरा नमिलेर १ सय बेड एचडीयु निर्माणका सामान नकिनेको लगायतका धेरै वटा बिषयमा भएका अनियमिताताको फेहरिस्तसहित पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा आइतबार अर्को उजुरी दिएका छन् ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति डा. डीएन साह र खरिद एकाईका भगवती थपलियासहितका पदाधिकारीले गरेको अनियमितताका बारेमा प्रधानमन्त्री एव कोभिड १९ निर्देशन समितिका अध्यक्षदेखि अख्तियारसम्म उजुरी दिएका छन् । वीरको खरिदमा भएका भ्रष्टाचारकाबारेमा कर्मचारीले प्रमाणसहित उजुरी दिएका छन् ।

    उजुरीमा  कमिसन नपाएको कारण दर्जनौ उपकरण मर्मत नगरेको, सर्तकता केन्द्रले दोषी देखाएकालाई कमिसन खाएर कारवाही नगरेको, स्वास्थ्य मन्त्रालयले १०० बेड एचडियु निर्माण गर्ने बजेटसहित निर्देशन दिए पनि कमिसन नमिल्दा आवश्यक सामान खरिद नगरेको उल्लेख छ ।

     कमिसनको चक्कर मा आफूनिकट परामर्शदातालाई दुवाकोट परियोजनाको डीपीआर गर्ने दिन नपाएपछि रु. ८० करोड बजेट फ्रिज गराएको आरोप न्याम्सका उपकुलपति साहमाथि लागेको छ । कमिसनमै कुरा नमिल्दा समयमै नयाँ सर्जिकल भवन हस्तांतरण गरी लिन नसकेको र हाल स्वास्थ्य मन्त्रालयले आफै जिम्मा लिदै भवन संचालन प्रक्रिया अघि बढाएको छ ।

    अख्तियारले बिगत ३ बर्षमा कुन कुन सामान को कोसँग कुन प्रक्रियाबाट खरिद गरेको भनेर ७ दिनभित्र जबाफ पठाउन गत कार्तिक २१ गते पत्र पठाए पनि हालसम्म पठाउन सकेका छैनन् । वीरका पदाधिकारीले आफू फसिने भएकाले कुनै जवाफ नदिएको अस्पतालका कर्मचारी बताउँछन् । वीर अस्पतालमा भएको अनियमितता समन्धमा प्रधानमन्त्री कार्यालयको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक प्रमाणहरू नदिई असहयोग गरेको थियो । २०७७ माघ २ मा गते उपकुलपति साह र शाखा अधिकृत रमणले बिना निवेदन १५ जना स्टाफ नर्स नियुक्ति गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयले नयाँ भवन संचालनका लागि १०० जना नर्स र डाक्टर बिज्ञापन गर्ने बजेट सहित दरवन्दी दिएपछि नर्सका लागि विज्ञापन गरिएको थियो । जुन विज्ञापनमा १८ सयले नर्सले आवेदन दिएपछि उपकुलपति साह र शाखा अधिकृत रमणले सर्टलिस्टिङमा पैसा लाँदै आफूनिकटको सूची तयार गरेको आरोप छ ।

    काठमाडौ माहानगरपालिकाले सहयोग गर्ने १५ बटा भेन्टीलेटर र ५० बटा मनिटर सिधै आफूनिकट म्याक्सिम भन्ने फर्मलाई दिने निर्णय गएको जेठ ३ गतेको कार्यकारीबाट पास गराएकोमा अन्य सदस्यहरूले बिरोध गरेपछि खरिद प्रमुख भगवती थपलिया र भीसी साहले उसैलाई हुनेगरी आइतबार (जेठ ९ गते) को गोरखापत्रमा सूचना प्रकाशित गरिएको छ । भीसी साहले आफू पनि काम नगर्ने र अरु काम गर्न खोज्ने पदाधिकारीलाई पनि अधिकार नदिने गरेको भन्दै कर्मचारीहरुले सबै बिषयमा छानबिन र उनीहरुको सम्पत्ति पनि छानबिन गर्ने माग गरेका छन् ।

     फिभर क्लिक मा अहेव युवराज सुवेदी र नवराज श्रेष्ठले पिसिआर गर्ने आउने हरुसँग रू. १ हजार लिदै उनीहरुले अस्पताल प्रशासकबाट गरिव भनेर फ्री गराएर जाँच गराउने गरेको र प्रतिब्यक्ति १ हजार आफ्नो खल्तीमा हाल्ने गरेको पनि उनुरीमा उल्लेख छ । यो बिषयमा उपकुलपति डा. डिएन साहलाई गुनासो गर्दा पनि उनले जनताबाट असुलेर फ्री गराएको भनी अनियमितता गर्नेहरुलाई संरक्षण गर्दैआएका छन् ।

    कोभिड भ्याक्सिन कोभोसिल्ड द्रोसो मात्रा दिदा दर्जनौंसँग पैसा लिएर पहिलो मात्रा भन्दै अ हे व सुवेदी र नवराजले लगाइदिएको आरोाप छ । यसमा पनि साहले उनीहरुलाई संरक्षण गरेका थिए ।
     सुवेदी र श्रेष्ठले  कोभिड भ्याक्सिन भेरोसेल दिदा नेपालमा ब्यापार गर्ने भारतीय, बित्तीय संघसंस्थामा काम गर्र्नेहरुसँग रू. २०–३० हजारसम्म लिंदै खोप लगाउने गरेको सो को प्रमाण त्यहाँ कार्यरत अन्य स्वास्थ्यकमी, सुरक्षा गार्ड र ट्रमा तथा वीर अस्पतालका सयौ कर्मचारीले भीसी साहसमक्ष गुनासो गरे पनि सुनुवाइ भएको छैन ।

    भ्याक्सिन लगाएकोे भत्ता कर्मचारीलाई नदिई सुवेदी र नवराजले मात्र लिने गरेको, अन्य भ्याक्सिनेटर र सुरक्षाकर्मी तथा अन्य खटिने कर्मचारीलाई भत्ता नदिएको पनि उजुरीमा उल्लेख छ । कोभिड संक्रमित कर्मचारीहरुले हालसम्म पनि अघिल्लो बर्षको विमाको रकम  पाएका छैनन् । भीसी साहले वीमा रकम उपलब्ध गराउन पनि चासो नदिएको गुनासो कर्मचारीले गर्दैआएका छन् । कोभिड संक्रमित कर्मचारीलाई गत बर्ष जमल र सुन्धाराको होटलमा राख्दा करोडौं अनियमितता खरिद प्रमुखले गरेको तर भीसी साहले नदेखेझै गरेको उजुरीमा उल्लेख छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार