Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षले ओलीलाई चुनौती दिँदै भन्यो – अवैध अध्यक्षलाई स्पष्टीकरण बुझाउन आवश्यक छैन


    सोमबार, जेष्ठ १० २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । यसअघि अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरु नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

    पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको नेपाल पक्षका नेता भीम रावलको भनाइ छ। 

    ‘स्वयम् ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक पटक गरिरहनुभएको छ’ रावलले भने । अध्यक्ष ओलीले नै स्पष्टीकरण दिनुपर्ने उनको भनाइ छ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन नेपाल समूहका ११ सांसदलाई पत्र पठाएका थिए ।

    पत्रमा वैशाख २७ गते प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापालाई मतदान नगर्नुका कारण र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार