Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाको निषेधाज्ञा जेठ महिनाभर रहने, प्रशासन भन्छ – चेन ब्रेक हुनै गाह्रो भयो


    सोमबार, जेष्ठ १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा सुरू भएको निषेधाज्ञा अझै लम्बिने भएको छ। प्रशासनको उच्च स्रोतका अनुसार जेठ महिनाभर निषेधाज्ञा लागू गर्ने तयारी गरिएको छ। 

    उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुबीच भएको अनौपचारिक छलफलले कम्तीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने निश्कर्ष निकालेसँगै यो महिनाभर लम्बिने भएको उच्च स्रोतको भनाइ छ। 

    कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चेन ब्रेक गर्न भन्दै सरकारले सुरु गरेको निषेधाज्ञामा संक्रमितको संख्या अझै नघटेकाले उक्त निर्णय गरिएको एक सीडीओले अनौपचारिक रुपमा भनेका छन्। 

    कोरोना संक्रमणलाई नियन्त्रणका लागि जारी निषेधाज्ञालाई जेठ अन्तिमसम्म लम्ब्याउनुको विकल्प छैन । ‘कम्तीमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा लम्बिन्छ ।’ ती सीडीओले भने, ‘बरु जारी निषेधाज्ञालाई थप कडा बनाउँदै लगिनेछ ।’ 

    ‘अब यो वा त्यो बाहानामा घरबाहिर निस्किनेहरुलाई कारबाही गर्ने कुरामा कुनै कम्प्रोमाइज हुने छैन ।’ सीडीओले भने, ‘अत्यावश्यक कामबाहेक निस्किनेलाई जेल सजायसम्म गर्न थालिनेछ । अब पनि कडाई गरिएन भने कोरोना संक्रमणको ग्राफ नियन्त्रणमा आउने देखिएन । चेन ब्रेक हुनै गाह्रो हुने भयो ।’

    पछिल्लो निर्णयअनुसार उपत्यकाको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म कायम रहेको छ । जेठ ११ /१२ गते बैठक बसेर अनौपचारिक रुपमा भएको सहमतिअनुसारकै निर्णय हुने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार