एजेन्सी । युभेन्टसले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।
इटालियन सिरि ए फुटबलको सिजनको अन्तिम दिन गए राति बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्टसले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।
च्याम्पियन्स लिगको दौडमा रहेको अर्को क्लब नापोलीले भिरोनासंग १–१ को बराबरी खेल्दा युभेन्ट्सलाई फाईदा पुग्यो । नापोलीले जित निकालेको खण्डमा युभेन्ट्स च्याम्पियन्स लिगमा छनोट हुन असफल हुने समिकरण थियो ।
युभेन्ट्सले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । फेडरिको चिएसा, अल्भारो मोराटा र एड्रियन रोबियोटले समान एक एक गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा मोराटाले थप एक गोल गरे । बोलोग्नाकातर्फबाट रिकार्डो ओरसोलिनीले एक गोल फर्काएका थिए ।