Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्रेन्च लिग वानको उपाधि लिलीलाई


    सोमबार, जेष्ठ १० २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । लिलीले फ्रेन्च लिग वानको उपाधि हात पारेको छ ।

    फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्दै लिलीले लिग वानको उपाधि उचालेका हो ।

    सिजनको अन्तिम खेलमा आईतबार राति लिलीले एन्गर्सलाई २–१ ले हरायो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उपाधि उचाल्यो । लिलीले चौथो पटक लिग वानको उपाधि उचालेको हो ।

    जोनाथन डेविड र बुराक यिलमाजले गोल गर्दै पहिलो हाफमै लिलीलाई २–० को अग्रता दिलाएका थिए ।

    एन्गर्सका एन्जेलो फुलगिनीले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए ।

    अर्को खेलमा पीएसजीले समेत ब्रेस्टलाई २–० ले हरायो । तर पछिल्ला ९ वर्षमा दोस्रो पटक उपाधिबाट बञ्चित बन्यो ।

    लिलीले ३८ खेलबाट ८३ अंक सहित उपाधि जित्यो । पीएसजी ८२ अंक सहित उपविजेता बन्यो 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार