Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण, कारवाहीको निर्णय डोरमणिलाई


    सोमबार, जेष्ठ १० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले  आइतबार स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । 

    बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।  प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए । ‘उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ’, उनले भने।  

    बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार