Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप ८ संक्रमितको मृत्यु


    आइतबार, जेष्ठ ९ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एक/एक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो ।

    कैलालीको जानकी गाउँपालिका-९ की ७५ वर्षीया महिला,  कैलालीकै टिकापुर नगरपालिका-१ का ६० वर्षीय पुरुष, टिकापुर-७ का ३५ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका-६ की ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।

    ७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार साँझ मृत्यु भएको हो । उनीमा जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।

    ६० वर्षीय वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३३ वर्षीया महिलाको भेरी अस्पतालमा शनिबार नै मृत्यु भएको हो । ६० वर्षीय वर्षीय पुरुषमा वैशाख १० गते,  ३५ वर्षीय पुरुषमा वैशाख १७ गते र  ३३ वर्षीया महिलामा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

    दाङको बबइ गाउँपालिका-२ का ९२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-१ की ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ९२ वर्षीय पुरुषमा वैशाख ३१ गते र ४५ वर्षीया महिलामा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

    बर्दियाको ठाकुरबाबा नगरपालिका-७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी सल्यानको शारदा नगरपालिका-१ का ५० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बहान ६ बजे मृत्यु भएको हो । उनीमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार