Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ता छन् अण्डा खानुका फाइदाहरू


    आइतबार, जेष्ठ ९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  हामीले खाने अण्डालाई कतिले भेज पनि भनेको पाइन्छ ।जसले जे भनेपनि  हामीले खाने अण्डामा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरू  पाइने गर्छ । एउटा सिङ्गै अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ ।
    सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थहरु पाइन्छ । सेतो भागको तुलनामा पहेँलो भागमा भिटामिन बी २ र निकै थोरै मात्रामा चिल्लो र कोलेस्टेरोल, भिटामिन ए, डी, इ र के पाइन्छ ।

    एक अध्ययनअनुसार एक बच्चालाई ६ महिनासम्म दैनिक एउटा अण्डा खान दिनाले उसको स्वास्थ्य वृद्धिमा निकै मद्धत पुग्ने गर्छ । नियमित रुपमा अण्डा खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र थाइराइड हर्मोनलाई पनि नियमित पार्दछ ।

    हाम्रो शरीरले आफैं उत्पादन गर्ने कोलेस्टेरोललाई अण्डाले सुधार गर्छ भन्ने कुरा पनि प्रमाणित भैसकेको छ । स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि पनि अण्डा खानु आवश्यक हुन्छ । अण्डाले कोरोनरी मुटु रोग लाग्ने खतरा कम गर्छ ।

    अण्डामा पाइने कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ र एसको कमीले मानसिक समस्या उत्पन्न हुने अध्ययनहरूमा देखाईएको छ । अण्डामा पाइने भिटामिन ’डी’ले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्धत गरेर हड्डी र दाँतलाई स्वस्थ राख्छ ।

    शरीरलाई २० खालका अमिनो एसिड चाहिनेमा शरीर आफैंले ११ खालका अमिनो एसिड मात्र पूर्ति गर्न सक्छ । बाँकी ९ खालका अमिनो एसिड भने अण्डाबाट प्राप्त गर्न सकिन्छ । ती ९ खालका अमिनो एसिडको कमि भएमा रोग प्रतिरोधी क्षमतामा कमी आउने, कमजोरी हुने र कपाल तथा छालाको रंग परिवर्तन आउने समस्या देखा पर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार