Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामान्य स्वास्थ्य समस्या देखिनासाथ जाँच गराउन चिकित्सकहरुको आग्रह


    आइतबार, जेष्ठ ९ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । रुघा, खोकी, ज्वरो, जिउ दुख्नेलगायत स्वास्थ्य समस्या देखिनासाथ जाँच गराउन चिकित्सकहरुले आग्रह गरेका छन्। नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले कुनै लक्षण देखिए तुरुन्त परीक्षण गर्न आग्रह गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले बताए।

    बागमती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक भर्चुअल छलफलमा डा दासले रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे।

    सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए। ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले भन्दै स्वास्थ्य सतर्कता अपनाउनसमेत दासले अनुरोध गरे।

    सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ। पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन्। 

    अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार