Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने 


    शनिबार, जेष्ठ ८ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेपालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    विपक्षीहरुसँग मिलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् । ती ११ जनामा बरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल लगायत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार