काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन् ।