Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महामारीमा मध्यावधिको सपना महँगो पर्नेछः कांग्रेस प्रवक्ता शर्मा


    शनिबार, जेष्ठ ८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ  । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  ट्वीट मार्फत महाव्याधीको बेलामा  मध्यावधी चुनाव महंगो पर्ने बताएका छन्। शर्माले प्रधानमन्त्री र राष्ट्रपतिलाई  कोरोना भाइसले मानव समुदाय पिडित भएको  बेलामा घोषणा गरिएको रंगिन सपना महंगो पर्ने भन्दै चेतावनी दिएका छन् ।

    मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गरे लगत्तै उनले चेतावनी दिएका हुन् ।
    कांग्रेस प्रवक्ता शर्माले ट्वीट मार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधीका बेला मध्यावधीको रंगीन सपना महंगो पर्नेछ, संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’
    उनले अर्को ट्वीटमा लेखेका छन्, ‘ महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि, इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ’

    उनले जित जनताकै हुने बताउँदै प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार