Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाको राष्ट्रपतिलाई आग्रहः ओलीको जालझेल र अपराधमा साथ नदिनुस्


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीसँग १ सय ५३ सांसदको समर्थन भएको भए ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भनी प्रश्न गरेका छन् ।  

    थापाले लेखेका छन्–‘प्रधानमन्त्री ओलीले नै ‘म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्विक फरक छैन’ भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आह्वान गर्ने ! अब फेरी जालझेल !
    यो प्रस्ट हुँदाहुँदै आज प्रधानमन्त्रीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन, अवैधानिक र अनैतिक छ ।

    नेपाली कांग्रेसका युवानेता थापाले राष्ट्रपतिलाई ओलीको जालझेलमा साथ नदिई सुध्रिन आग्रह गरेका छन् । उनले लेखेका छन–राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ ।
    महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ ११ नभए भीरबाट खस्ने लाई राम राम ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार