Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अक्सिजन प्लान्ट र एचडियुका लागि रु १७ करोड ८७ लाख निकासा


    शुक्रबार, जेष्ठ ७ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ ।

    भक्तपुर क्यान्सर अस्पतालका लागि रु दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई रु एक करोड ५५ लाख, जिरी अस्पताललाई रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख तथा बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ ।

    यसैगरी डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पताललाई रु ७५ लाख, खोटाङ अस्पताललाई रु ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि रु ७५ लाख, सूर्य विनायक अस्पतालका निम्ति रु ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका निम्ति रु एक करोड ५५ लाख प्रदान गरिएको छ ।

    यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि रु दुई अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरूप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार