Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बादल पराजित भएपछि एमाले विवाद उत्कर्षमा, नेपाल पक्ष दोषी भएको ठहर


    शुक्रबार, जेष्ठ ७ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । 

    उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए ।

    थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ । 

    एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आग्रह गरेको थियो । तर बिहीबार भएको राष्टिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रह विपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन् ।  ( नागरिक दैनिकबाट )

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार