Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना पुष्टि, १९० को मृत्यु


    बिहिबार, जेष्ठ ६ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

    यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए । 

    यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

     
    मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो । 
     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार