काठमाडौं । बागमती प्रदेशका लागि रिक्त राष्ट्रियसभा सदस्यको लागि हेटौडामा आज उपनिर्वाचन सम्पन्न भइसकेको छ । मतगणना जारी छ । मतगणना हुनुअघि नै बिहीबार बसेको एमाले स्थायी समितिको बैठकले गृहमन्त्री रामबहादुर थापा पराजीत हुने निष्कर्ष निकालेको थियो ।
बादलको पराजय हुने सूईको पाएपछि स्थायी समिति बैठकले पार्टीका आधिकारिक उम्मेदवारबिरुद्ध मतदान गर्ने प्रवृत्तिको बिरोध गर्ने निर्णय गरेको थियो । आज बसेको स्थायी समिति बैठकले ३ वटा निर्णय गरेको थियो । जसमा तेस्रो निर्णय राष्ट्रियसभा निर्वाचनसम्बन्धी थियो । हेटौंडाबाट प्राप्त मत परिणाम अनुसार पनि एमालेका बादलभन्दा कलम चिह्न लिएका नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटा अगाडि देखिएका छन् ।
स्थायी समिति बैठकले गरेको निर्णयको ३ नम्बर बुँदामा उल्लेख छ–‘आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनबिपरीत पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिंदै भत्र्सना गरेको छ ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend