Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीले नियुक्त गरेका ७ जना गैरसांसद मन्त्रीकाे नियुक्ति बदर (फैसलासहित)


    बिहिबार, जेष्ठ ६ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । 

    सर्वोच्चको आदेशपछि  गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् । 

    नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । 

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै उनीहरूलाई गरिएको नियुक्ति र सपथग्रहण लगायतका काम संविधान अनुकुल नभएकाले मन्त्रीको हैसियतमा काम नगराउन आदेश गरेको हो।

    Supreme-court-aadesh.jpg

    Supreme-court-aadesh-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार