Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका तीन जिल्लामा ३६ हजार बढी सक्रिय संक्रमित


    बिहिबार, जेष्ठ ६ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपत्यकामा सक्रिय संक्रमितको संख्या ३६ हजार बढी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ३ वटै जिल्लामा सक्रिय संक्रमितको संख्या ३६ हजार ७ सय ३५ रहेको छ।

    काठमाडौंमा २५ हजार ५८ सक्रिय संक्रमित रहेका छन् भने, भक्तपुरमा ४ हजार ८ सय ६० र ललितपुरमा ६ हजार ८ सय १७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    हालसम्म उपत्यकामा १ हजार ८ सय ५८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। काठमाडौंमा १ हजार २ सय ७६ जना, भक्तपुरमा २ सय ५७ जना र ललितपुरमा ३ सय ३४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभरमा भएको मृत्युको ३२ प्रतिशत उपत्यकाभित्र भएको छ।

    देशभर संक्रमित हुनेको संख्याको ५८.८७ प्रतिशत उपत्यकामा संक्रमित भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा २ लाख १ ५ हजार ५ सय ४२ जना कोरोना संक्रमित भएका हुन्।

    हालसम्म नेपालमा ४ लाख ८० हजार ४ सय १८ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५ हजार ६ सय ५७ जनाले ज्यान गुमाएका छन् भने, ३ लाख ६० हजार ४ सय ३ जना निको भएर घर फर्किएका छन्। हाल १ लाख १४ हजार ३ सय ५८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार