Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले प्रधानमन्त्रीलाई बुुझाएको १५ बुँदे ध्यानाकर्षण पत्रमा के छ ?(पत्र सहित)


    बिहिबार, जेष्ठ ६ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज  १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। 

    सभापति देउवाले कोभिड १९ को बढ्दो संकटबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओलीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

    संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्नुका साथै शय्यादेखि अक्सिजन अभावकाे व्यवस्थापन मिलाउन माग गर्दै देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

    खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन्।

    नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ।

    सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार पुगेका थिए।

    1.jpg

     

    2.jpg

     

    3.jpg

     

    4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार