Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी, ३८७६ ले ज्यान गुमाए


    बिहिबार, जेष्ठ ६ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ६८ हजार ७८८ जना निको भए भने ३ हजार ८७६ जनाले ज्यान गुमाए ।

    लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको आँकडा बढी रहेको छ । बुधबार सक्रिय संक्रमितको संख्या ९६ हजार ६४७ जनाले कम भयो । हाल भारतमा ३१ लाख २५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । ११ दिन अघि ९ मेमा यो संख्या सबैभन्दा उच्च ३७.४१ लाख पुगेको थियो ।

    यस्तो छ तथ्यांक

    २४ घण्टामा नयाँ संक्रमित : २.७६ लाख

    २४ घण्टामा निको भएका : ३.६८ लाख

    २४ घण्टामा मृत्यु : ३,८७६

    हालसम्मका संक्रमित : २.५७ करोड

    हालसम्म निको भएका : २.२३ करोड

    कूल मृत्यु : २.८७ लाख

    सक्रिय संक्रमित : ३१.२५ लाख

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार