काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि वैशाख दोस्रो सातादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरे पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा भने दिनहुँ तरकारी खरिद बिक्रीकर्ताको भीड लाग्ने गरेको छ ।
प्रहरी माइकिङलाई पनि बेवास्ता गर्दै भेला हुने गरेका छन् व्यापारीहरु ।
कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोरा कालीमाटीमा तरकारी किन्न आउनेहरुलाई जति आग्रह गर्दा पनि त्यहाँको भीड नियन्त्रण गर्न नसकिएको बताउँछन् । ‘अस्ति त हामीले लाठीचार्ज नै गर्नुपर्यो।’ बोहोरा भन्छन् ‘त्यही बजारमा १२ जना संक्रमित भेटियो भन्दा पनि कोही डराउँदैनन् ।’
दुई दिनअघि कालीमाटी तरकारी बजारमा काठमाडौं महानगरपालिकाले गरेको झण्डै ४०० पीसीआर परीक्षणका क्रममा १२ जना संक्रमित भेटिएका थिए ।