जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका पोलिटब्युरो समिति सदस्य एवं धनुषाका सह ईन्चार्ज योगनारायण यादवको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
धनुषाको सबैला नगरपालिका यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । तर, आज विहानै यादवको हस्पिटलमै उपचारको क्रममा मृत्यु भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।
५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । नेता यादवका श्रीमती र दुई छोरा छन् ।