Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अज्ञात समूहद्वारा कपिलवस्तुमा माओवादीका नेतामाथि गोली प्रहार


    बिहिबार, जेष्ठ ६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि अज्ञात समूहद्वारा गोली प्रहार भएको छ ।

    बुधबार राति तौलिहवाको सडवा भन्ने स्थानमा नेता पाण्डेमाथि तीनजनाको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

    कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।

    निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको र उनीहरुको खोजी भइरहेको डीएसपी भण्डारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार