Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट उत्तर प्रदेशका राज्यमन्त्री कश्यपको मृत्यु


    बिहिबार, जेष्ठ ६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा उत्तर प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यप रहेका छन्।

    ५६ बर्षीय मन्त्री कश्यपको गुडगाउँमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमन्त्री कश्यपको हिजो निधन भएको जानकारी दिँदै मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार