Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा थप २,४८६ जना संक्रमित


    बुधबार, जेष्ठ ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप २४८६ जनामा संक्रमण पुष्टि भएको हो। 

    त्यसमध्ये काठमाडौंका १९८८, ललितपुरका २७० र भक्तपुरका २२८ जना छन्।

    पछिल्लो २४ घण्टामा नेपालभर थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ८०६४ जनाको पिसिआर र १०९ जनाको एन्टिजेन परीक्षणमार्फत संक्रमण देखिएको हो। 

    संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७९८९ जना निको भएका छन् भने २४६ जनाको मृत्यु भएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार