Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सैनिक अस्पतालमा आम नागरिकलाई कोभिडको उपचार


    बुधबार, जेष्ठ ५ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै अधिकांश अस्पतालले अक्सिजन अभावका कारण बिरामीलाई भर्ना गर्न नसकिने जनाउँदै आइरहेका बेला नेपाली सेनाले भने छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोभिडका विरामीलाई उपचार गरिरहेको छ।

    यसअघि नेपाली सेना र उनीहरुका परिवारका सदस्यले मात्र उपचार पाउने वीरेन्द्र सैनिक अस्पतालमा बेडको उपलब्धता र प्राथमिकताको आधारमा आम नागरिकको उपचार भइरहेको छ।

    कुल १ सय ७५ बेड क्षमताको अस्पतालमा अहिले नेपाली सेना र सैनिक परिवारबाहेक बेडको उपलब्धता र प्राथमिकताको आधारमा अन्य नागरिकको पनि उपचार गरिरहेको स्राेतले बताएकाे छ ।

    सैनिक कल्याणकारी कोषमार्फत संचालन भएको सैनिक अस्पतालमा आम नागरिकको उपचार गर्दा भने प्राविधिक समस्या आएको अस्पताल स्रोतले जनाएको छ।

    सैनिक र उनीहरुको परिवारलाई निशुल्क उपचार हुने उक्त अस्पतालमा आमनागरिकलाई उपचार गर्दा शुल्क लिने वा नलिने भन्नेमा अन्यौलता भएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार