Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना अपडेट: महोत्तरीको एकै गाउँमा ७ जना संक्रमितको मृत्यु


    बुधबार, जेष्ठ ५ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सातजनाको मृत्यु भएकाे छ ।

    जिल्लाको पिपरा गाउँपालिका-७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सातजनाको मृत्यु भएपछि सो गाउँभर त्रास फैलिएको छ ।

    कोरोनाकै कारण विभिन्न अस्पतालमा मृत्यु भएकाहरुको पनि गाउँमा दाहसंस्कारदेखि श्राद्ध कर्म भइरहेको र सो क्रममा भोजभतेर र सयौँ मानिस एकै ठाउँमा जमघट हुने गरेका छन् । यसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरि अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले स्वीकार गरे।

    वडाध्यक्ष झाले आफू गाउँलेहरूलाई भीडभाड नगर्न भनिरहँदा पनि गाउँलेहरु आफ्नो परम्परा र संस्कार भन्दै बेवास्ता गर्दै सबै क्रियाकलापहरू सञ्चालन गर्ने गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार