Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालयहरूलाई पालिकाको निर्देशन, आन्तरिक मूल्यांकन गरेर परीक्षा फल निकाल्नु


    बुधबार, जेष्ठ ५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका छन् ।

    स्थानीय तहहरुले आफ्नो अधिकार प्रयोग गर्दै कक्षा ८ बाहेकका विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशन गर्न निर्देशन दिएका हुन् ।

    काठमाडौं महानगरपालिका, इलाम नगरपालिकाले र  पोखरा महानगरपालिकाले पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अपनाइ जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन् ।

    काठमाडौं महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले सूचना जारी गर्दै कक्षा ८ बाहेकको परीक्षा विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया (अनलाइन परीक्षा, अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित टर्मिनल परीक्षा, टेलिफोन निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाँचा)बाट परीक्षा सम्पन्न गराउन सक्ने सुझाव दिएका छन् ।

    यस्तै इलाम नगरपालिकाले शैक्षिक सत्रमा सञ्चालन भएको त्रैमासिक परीक्षा, निरन्तर विद्यार्थी मूल्यांकनलाई आधार मानी वा अन्य वैकल्पिक प्रक्रियाबाट मूल्यांकन गर्न भनेको छ ।

    यसैगरी पोखरा महानगरपालिकाले पनि शैक्षिक सत्रमा सञ्चालन भएको त्रैमासिक, अर्धवार्षिक एवं आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गरी वार्षिक नतिजा प्रकाशन गर्न भनेको छ ।

     

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार