कतार। एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानमा सद्भाव युवा समाज कतारले १५ सिलिन्डर बराबरको रकम सहयोग गरेको छ।
मातृभूमिमा जुनकुनै प्राकृतिक विपत्ति तथा महामारी जस्ता दैविक प्रकोपहरु लगायत प्रवासमा कुनै समस्या र दुःखमा परेका नेपालीहरुको सहयोगका खातिर सक्दो सहयोग प्रदान गर्दै आईरहेको सदभाव युवा समाजले यस अभियानमा पनि कतारी रियाल ६३७५ गरेको हो ।
कोरोना महामारीको मुख्य चपेटामा परि अक्सिजन अभावले छटपटाई रहेको बेलामा कतार एअरवेज ग्रुपमा कार्यरत सहयोगी भावनाका नेपाली दाजुभाईहरु द्वारा संकलन गरिएको सहयोग रकम एनआरएन एनसीसी कतारको कार्यालयमा एनआरएन एनसीसीका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलाई हस्तान्तरण गरेको हो।
एनआरएनएले नेपाल “अक्सिजन सिलिण्डर पठाऔं आफन्तको ज्यान बचाऔं’ भन्ने मुल नारा सहित एनआरएन कतार लगायत खाडीका विभिन्न सामाजिक संघ/संस्थाहरुको संयुक्त सहकार्यमा गैर आवासीय संघ मध्यपुर्व मार्फत ओमानबाट नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाईएको जेठ १ पठाएको हो ।
अक्सिजन सिलिण्डर पठाउने अभियानमा जोडीएर यस अभियानलाई महाअभियान बनाउन सदभाव युवा समाज कतारले पनि सबै बाँचौं, सहयोग गरौं, बचाऔं प्राण भन्ने संकल्प सहित १५ सिलिण्डर बराबरको सहयोग गरेको संस्थाका सचिब टिका बिष्टले बताएका छन् ।

