Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने


    बुधबार, जेष्ठ ५ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ।  

    उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मंगलबार भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको जानकारी दिएको उनकाका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। 

    राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो। 

    उपप्रधानमन्त्रीसँगको टेलिफोन संवादमा स्वास्थ्य सामग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौंँ आइपुग्ने स्विस राजदूतले जानकारी दिइन्। चार्टर्ड फ्लाइटको खर्च स्विस सरकारले नै बेहोर्ने बताइएको छ।   रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार