काठमाडौं । सरकारले पछिल्ला दिनहरुमा खालि सिलिण्डर तथा लिक्वीड अक्सिजनको व्यवस्थापनमा जोड दिएको देखिन्छ।
अक्सिजनको चरम अभाव देखिएपछि समस्या समाधान गर्न सरकार र निजी क्षेत्र लागिपरेका छन्। यसरी सरकार र निजी क्षेत्र समस्या समाधान गर्न लागि रहँदा समस्या समाधान्मोख हुनु पर्ने हो। तर, त्यस्तो भएको छैन।
काठमाडौं उपत्यकाका विभिन्न अस्पताल सम्बद्ध चिकित्सक व्यवस्थापकहरूले समस्याको एकीन पहिचान नगरी व्यवस्थापन गर्न खोजिँदा समस्या ज्यूँको त्यूँ रहेकाे बताउँछन् ।
सरकार ग्यासका सिलिण्डर थुपार्न तिर लागेको भए पनि समस्या त्यो नभएको बताउँदै उत्पादन समस्याको रुपमा रहेको चिकित्सक तथा व्यवस्थापकहरू बताउँछन् ।
नेपालमा उत्पादन हुने सबै प्लाण्टहरुले आफ्नो क्षमताको सत प्रतिशत नै उत्पादन गरीरहेका भए पनि त्यो उत्पादनले नपुग्ने अवस्था रहेकाे चिकित्सकहरूकाे भनाइ छ ।
उत्पादन पनि नभएकाे र कहीबाट आउने स्राेत पनि नभएकाले त्यो खाली भाँडो जम्मा पारेर आपूर्ति सहज नहुने उनीहरू बताउँछन् ।
सरकारले अक्सिजन समस्याको दिर्घकालीन व्यवस्थापनको लागि ठाउँ विशेष प्लाण्टहरु बनाएर सम्बन्धीत क्षेत्रलाई छुट्याउनु पर्ने उनीहरूकाे माग छ ।
सरकारी निकायले उत्पादन कम्पनीमा गएर फिल्ड भिजिट गरे के समस्या छ भनेर अनुन्धान गरे मात्रै याे समस्याले निकाश पाउन सक्ने देखिन्छ ।