Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ-रुकुमका लागि छुटेको बस दाउन्नेमा दुर्घटना, ४ जनाको मृत्यु


    बुधबार, जेष्ठ ५ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी पश्चिम। पूर्वपश्चिम राजमार्गको दाउन्नेमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाकोमृत्यु भएको छ । 

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रका अनुसार दुर्घटनामा परेर अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।  एक जना बसमै च्याएको अवस्थामा पाइएको छ । 

    काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान बर्दघाट नगरपालिकाको दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो । 

    ‘दुर्घटनामा परेर घाइते भएकाहरुलाई  प्रहरी  टोलीले उद्धार गरिरहेको छ, बसमा कति यात्रु थिए र कति घाइते भए भन्ने विस्तृत विवरण आएको छैन, मिश्रले भने। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार