Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा पनि देखा पर्यो कोरोनाको नयाँ भेरियन्ट, सजग रहन मन्त्रालयको आग्रह


    बुधबार, जेष्ठ ५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको पुष्टि गरेको छ। 

    मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।

    मन्त्रालयला सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,- ‘योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो। 

    मन्त्रालयले उक्त भाइरस रोक्न सबैलाई सचेत रहन र जनस्वास्थ्यका मापदन्ड पालना गराउन आग्रह गरेको छ ।

    nn-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार