काठमाडौं । बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउनका लागि एमालेका बरिष्ठ नेता माधव नेपाल सहमत भएको समाचार आए । माधव नेपाललाई भेट्न बादल उनको निवास कोटेश्वर गएका थिए । त्यो भेटघाटमा माधव नेपालले बादललाई सहयोग गर्ने कुरा गरेको प्रचार भयो । तर वास्तवमा माधव नेपालले बादललाई सहयोग गर्ने कुरा भेटमा नगरेको उनको सचिवालयले प्रष्ट पारेको छ ।
बरिष्ठ नेता नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले जारी गरेको प्रेसनोटमा उल्लेख छ–‘कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’
राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा माओवादी र जसपाले नेकपा एमालेका खिमलाल देवकोटालाई साझा उम्मेदवारका रुपमा अगाडि सारेका छन् । माधव नेपाल निकट उनलाई साझा उम्मेदवार बनाउन कांग्रेस, जसपा र माओवादी सहमत भएका थिए । तर, एमालेमा माधव नेपालसहितका नेताहरुको कारबाही फिर्ता र पार्टी २ जेठ, २०७५ मा फर्किनेबारेमा वार्ता भएपछि बादल आफूलाई जिताउनका लागि सहयोग माग्न मंगलबार बिहान नेपाल निवास गएका थिए ।
बागमती प्रदेशका लागि हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । एमालेबाट निर्वाचित प्रदेश सांसद र स्थानीय तहका मतदाताको मत बादललाई गएमा उनी जित्नेछन् । माधव नेपाल पक्षले मत नलिएमा उनको पराजय निश्चित देखिन्छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend