Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार काठमाडौं उपत्यकामा २ हजार भन्दामाथि कोरोना संक्रमित थपिए


    मंगलबार, जेष्ठ ४ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

    काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना संक्रमित थपिएका हुन्। योसँगै अहिलेसम्म काठमाडौं उपत्यकामा ३९ हजार २४५ सक्रिय संक्रमित छन्। 

    मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २७ हजार ३३९, ललितपुरमा ६९९० र भक्तपुरमा ४९१६ सक्रिय संक्रमित छन्।

    सोमबार उपत्यकामा ४० हजार बढी सक्रिय संक्रमित थिए। मंगलबार सो संख्या घटेको हो। 

    त्यस्तै, पछिल्लो २४ घण्टामा २० हजार ९७९ जनाको कोरोना भाइरसको परीक्षण गर्दा ८२०३ जनामा संक्रमण पुष्टि भएको हो। यसको संक्रमणबाट थप १९६ जनाको मृत्यु भएको छ भने ६८९१ जना निको भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार