Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा रोकिएका भारतीय नागरिक बोकेर त्रिभुवन विमानस्थबाट आज पाँच जहाज साउदी जाँदै


    मंगलबार, जेष्ठ ४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिक बोकेर आज त्रिभुवन विमानस्थबाट पाँच वटा जहाज साउदी अरेवियाका लागि उड्दैछन् ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् ।

    यसमध्ये हिमालयका दुई जहाज बिहान उडिसकेका छन् । हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् ।

    नेपालमा निषेधाज्ञा घोषणा नहुँदै नेपाल आई काठमाडौंमै रोकिएका भारतीय नागरिकलाई भारत र साउदी सरकारको सहमतिमा उडानको बाटो खोलिएको हो ।

    यस्तै, आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार