Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका लागि ‘टिम सन्दीप’को अभियान सुरु गर्दै लामिछानेले गरे ३ लाख सहयोग


    मंगलबार, जेष्ठ ४ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्ध लड्न सरकारलाई ३ लाख सहयोग गरेका छन् ।

    सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप’ अभियानको घोषणा गर्दै उक्त सहयोग गरेको घोषणा गरेका हुन्। 

    सन्दीपले गत वर्षपनि कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए ।

    सन्दीपले ‘टिम सन्दिप’ अभियानबाट आर्थिक संकलन गर्ने र उक्त अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जनाएका छन् ।

    सन्दीपले आर्थिक सहयोग संकलनका लागि सेन्चुरी बैंकमा खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार