Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा कोरोना कहर, १२ घण्टाभित्र थप छ जनाको मृत्यु


    मंगलबार, जेष्ठ ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके। जिल्लामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। 

    जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले दिएको जानकारी अनुसार गएरातिदेखि आज बिहानसम्म भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो। 

    भेरी अस्पतालमा मृत्यु हुनेहरुमा नेपालगन्जकी ६२ वर्षीया महिला, खजुराका ८५ वर्षीय पुरुष, सुर्खेत गुर्भाकोटका ६८ वर्षीय पुरुष र दाङ तुल्सीपुरका ५० वर्षीय पुरुष छन्। 

    यस्तै, नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु शिवराजका ३८ वर्षीय पुरुष र  बर्दिया मधुवनका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।  
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार