काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले चाँडै नै भारतबाट नेपालमा लिक्विड अक्सिजनसहितको ट्यांकर आउने बताएका छन् ।
कमलपोखरीमा रहेको अग्रवाल भवनमा निर्माण गरिएको आइसोलेसन सेन्टर उद्घाटन गर्दै राजदूत क्वात्राले अबको ८/१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने बताएका हुन् । अस्पतालमा अक्सिजनको कमी नहोस् भनेर भारतबाट लिक्विड अक्सिजनको ट्यांकर नेपाल आउन लागेको उनले जनाएका हुन् ।
भारतबाट नेपालमा २३ लाख डोज कोभिशिल्ड खोप आइसकेको बताएउदै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने उनले बताए ।