काठमाडौं । भारतीय दूतावासको समन्वय र साउदी सरकारको अनुमतिपछि नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेविया लैजान नेपाल सरकारले १० वटा उडानको स्वीकृती दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ उडान गर्न सक्ने गरि अनुमति दिएको हो ।
१८ मेबाट नेपाली दुई अन्तराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरले भारतीय नागरिकलाई साउदी लैजान शुरु गर्नेछन् ।
भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरि टिकट काट्न सक्ने भएका छन् । नेपालमा अन्तराष्ट्रिय उडान १७ जेठसम्म बन्द भएसँगै विदेशी नागरिकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासहरुले पहल शुरु गरेका छन् ।
हिमालय एयरलाइन्सका अनुसार हिमालयले दमामका लागि तीन वटै उडान मंगलबार गर्ने तालीका रहेको छ । यो रुटमा प्रतिव्यक्ति ८२० डलर भाडा तोकेर हिमालयले टिकट काट्न भनेको छ ।